Online Bichar
बिहिबार, आषाढ ०७, २०८१ | Thursday, June 20, 2024

काठमाडौं, २४ भदौ २०८० । नायक सुशिल सिटौला निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘मायावी’मा अनुवन्धित भएका छन् ।

निर्देशक भट्टराइले चलचित्रमा सुशिललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिएका छन् । सुशिलले यस अघि अभिनय गरेका होस्टेल रिटन्स, गाजा बाजा, रणवीर, जुलेबी, एैँचो पैँचोबाट आप्नो कामको निकै प्रशंसा पाएका थिए ।

निर्देशक भट्टराइले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार चलचित्र निर्माणको घोषणा गरेका थिए । चलचित्र यसअघि अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाई मुख्य कलाकारको रुपमा फाइनल भैसकेका छन् । पल शाहले करिब २ बर्षपछि यो चलचित्रमा कमब्याक गर्न लागेका हुन् ।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको चलचित्रका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ । चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ ।

असोज २ गतेबाट फ्लोरमा चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिनेछ ।

 

तपाईको प्रतिक्रिया