Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबि खड्का
गौरादह,२२ भदौ २०८० । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७९/०८० मा १ अर्ब १९ करोड ७६ लाख ८ हजार ५ सय ६७ रुपैयाँको कुल कारोवार गरेको छ। संस्थाको १४औं बार्षिक साधारणसभा अन्तर्गत गौरादह सेवा केन्द्रको ईकाइगत साधारणसभामा अध्यक्ष बुद्धि सागर बरालले प्रस्तुत गरेको प्रतिबेदनमा उल्लेख गरिएको छ।

संस्थाले गत आर्थिक बर्षमा कुल आम्दानी २ करोड ५४ लाख ६२ हजार ६ सय गरेकोमा कर कटाएर २ करोड ४२ लाख २९ हजार १ सय ८ खुद बचत गरेको जानकारी गराएका थिए।शेयर पुँजी ११ करोड २८ लाख ११ हजार १ सय रहेको संस्थामा जगेडा कोष ७ करोड ६ लाख ९४ हजार ३४ रहेको लेखा समिति संयोजक गायत्री प्रसाद पराजुलीले बताएका छन। गौरादह ईकाइगत साधारणसभामा संस्थाका अध्यक्ष बुद्धि सागर बरालले संस्थाको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।

बराल द्वारा प्रस्तुत प्रतिबेदनमा संस्थाले सेयर सदस्यहरुका लागि बिप्रेशण सेवा, स्वर्णलक्ष्मी मोवाइल बैंकिङ सेवा, पूर्ण तथा व्यबसायीक साकोस बिकास कार्यक्रम, एकीकृत ब्यबस्थापन सुचना प्रणाली , सीप मुलक तालिम, सुत्केरी राहत खर्च, सदस्य मृत्यु राहात, दीर्घरोग राहात, शल्यक्रिया उपचार खर्च ,आर्थिक लगानी लगायत संस्थाले अवलम्बन गरेका बिभिद कार्यक्रमहरुको बारेमा सेयर सदस्यहरुलाई जानकारी गराएको संस्थाका गौरादह सेवा केन्द्र प्रमुख बिनिता खनालले जानकारी गराएकी थिइन। प्रधान कार्यलय दमकमा रहेको संस्थाले हाल सम्म झिलझिले, गौरादह, उर्लाबारी , सुरुङगामा सेवा केन्द्र संचालन गरि सेवा दिइरहेको र पथरीमा सेवा केन्द्र संचालनका लागि प्रस्ताव गरिएको संस्थाका झिलझिले सेवा केन्द्र प्रमुख सुशील गड्तौलाले जानकारी गराएका छन।

संस्थाको बार्षिक प्रगति प्रतिबेदन अनुसार उत्कृष्ट कारोबार गर्ने गौरादहका सदस्यहरु मध्ये प्रेमसिह पाख्रीम, समृद्धि राई, इन्दु खड्का, रन्तोष बिमली र बिहानी चौधरीलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ । यस्तै, बजार शाखामा कार्यरत कर्मचारीहहरु मध्येबाट सबैभन्दा उत्कृष्ट कार्य गर्ने कर्मचारी तर्फ स्कोरर अफ द इयर कमल गर्तौला, फष्ट रनर अप सानी भट्टराई र सेकेन्ड रनर अप झलक गौतमलाई सम्मान गरिने भएको छ । संस्थाको कार्यलय भित्र बसी इमान्दारी पूर्वक अनुशासीत भएर कार्य सम्पादन गर्ने कर्मचारीहरु  हिरो अफ दि स्वर्णलक्ष्मी सुशील गर्तौला, उत्कृष्ट कर्मचारीमा कृतीका दाहाल र गणेश भट्टराईलाई सम्मान तथा पुरस्कृत गरिने भएको छ ।

संस्थामा हाल सम्म झापा जिल्ला भित्र ३ हजार ४८ जना सेयर सदस्यहरु रहेका छन। गौरादह सेवा केन्द्रमा भएको ईकाइगत साधारणसभामा कार्यक्रमका प्रमुख अतिथि तथा गौरादह नगरपालिका वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले साधारणसभाको उद्घाटन गरेका थिए।
उद्घाटन गर्दै प्रमुख अतिथि कोईरालाले सहकारीको माध्यमबाट नागरिकको जीवन स्तर उक्सने बताउदै सहकारी सबैको साझा संस्था भएकाले सेयर सदस्यहरुले ईमानदार भएर सहयोग गर्नु पर्ने धारणा राखेका थिए।पछिल्लो समयमा गौरादह क्षेत्रमा सहकारी तथा बैंकहरुको बिस्तार भएसँगै यस क्षेत्रमाका स्थानीय बासिन्दाहरुलाई आर्थिक कारोवार गर्न सहज भएको बताएका थिए।कार्यक्रममा गौरादह उद्योग बाणिज्य संघ उपाध्यक्ष तारा कुमार श्रेष्ठ, शुभलक्ष्मी सहकारी संस्थाका ब्यबस्थापक तिलक कार्की, गौरादह जेसीज अध्यक्ष प्रकाश भट्टराई लगायतले शुभकामना मन्तब्य राखेका थिए।संस्थाका सचिब संजिब रिमालले स्वागत मन्तब्य राखेको कार्यक्रममा ब्यबस्थापक कमल कुमार घिमिरेले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया