Online Bichar
मंगलबार, भाद्र २५, २०८१ | Tuesday, September 10, 2024

अष्ट्रेलिया, २० भदौ २०८० । हाल अष्ट्रेलिया बस्दै आएका व्यवसायी तथा सामाजिक व्यक्तित्व दिनेशकुमार पोखरेलले गैर आवासीय नेपाली संघ (एन आर एन ए) को ओसेनिया क्षेत्रीय संयोजक पदको लागि उम्मेदवारी घोषणा गरेका छन् । उनी झापाको कनकाई नगरपालिका-१ दुर्गापुरका स्थायी वासिन्दा हुन् ।

एन आर एन ए अन्तर्राष्ट्रिय कार्य समिति अन्तर्गत अष्ट्रेलिया , न्यूजिलेण्ड, पपूवा न्यू गिनीसमेत देशहरूलाई समेटेर एन आर एन एमा ओसेनिया क्षेत्रको ओसेनिया क्षेत्रीय संयोजकको पद रहेको छ । विगतमा विभिन्न जिम्वमेवारीमा काम गरेको अनुभवका आधारमा पोखरेलले उक्त पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

पोखरेलले गैर आवासीय नेपाली संघ (एन आर एन ए) अष्ट्रेलियाको प्रवक्ता सन् २०१३/२०१५, एन आर एन ए अष्ट्रेलिया उपाध्यक्ष र न्यू साउथ वेल्स राज्य संयोजक २०१५/२०१७, नेपाल फेस्टिभल सिड्नी संयोजक२०१५/२०१७,, एन आर एन ए सोसियल वेलफेयर फण्ड संयोजक २०१७/२०१९, एन आर एन ए अष्ट्रेलिया सल्लाहकार २०१९/२०२१, को ज़िम्मेवारी सकुशल पूरा गरिसकेका छन् । ‘अब आऊने कार्यकाल २०२३/२०२५, को लागि एन आर एन ए अन्तर्राष्ट्रिय कार्य समिति अन्तर्गत अष्ट्रेलिया , न्यूजिलेण्ड, पपूवा न्यू गिनीसमेत देशहरू रहेको ओसेनिया क्षेत्रको ओसेनिया क्षेत्रीय संयोजक पदको लागी उम्मेदवारी घोषणा गर्दैछु’ –पोखरेलले भनेका छन्–‘सबैको माया सदा झैं रहनेमा आशावादी छु। अमूल्य सुझाव र दरिलो साथको अपेक्षा गरेको छु । नाइ नभन्नु ल ।’ उनी अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष तथा हाल संरक्षक समेत हुन् । नेपालमा एन आर एन एमार्फत नेपालमा लगानी भित्र्याउन तथा विभिन्न सामाजिक अभियानमा पोखरेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया