Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काठमाडौं , १७ मङ्सिर । एउटा कार्यालयका बैकखाता कति हुन्छन् ? दुई वटा, तीन वटा वा बढीमा चार वटा ? समाज कल्याण परिषद् यस्तो संस्था हो, जसका नाममा ४२ वटा बैंकखाता सञ्चालनमा छन् ।

परिषद्को आम्दानीको स्रोत राम्रै छ । उसले एनजीओ र आईएनजीओको अनुगमनबाट वार्षिक सात करोड आम्दानी गर्छ ।

मृकुटीमण्डपको जग्गा भाडाबाट १२ करोड ८९ लाख जम्मा हुन्छ ।

पर्यटन विभाग र बोर्ड कार्यालयको भाडा २५ लाख रुपैयाँ आउँछ ।

संघसंस्थाको दर्ताबाट एक करोड ९१ लाख आम्दानी हुन्छ । यो जम्मा गरी २० करोड ८० लाख रुपैयाँ त उसको वार्षिक आम्दानी हुन्छ ।

यति पैसा एउटै खातामा राख्न समभव हुँदैन ?

जथाभावी खर्च नहोस् भनेर कर्मचारीले फरक फरक नाममा खाता खोलेका हुन्, परिषद्का निमित्त निर्देशक हरि तिवारीले भने, खातामा रकम बृद्धि गरी दिगो रुपमा परिषद् चलाउन थोरै— थोरै रकम धेरै खातामा बाँडेर राखेको हो ।, आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments