Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

जेबि खड्का
गौरादह, २१ भदौ २०८० । कृष्ण जन्माष्टमीको अवसरमा गौरादहमा रथयात्रा निकालिएको छ। नगर स्तरीय रथयात्रा मूल समारोह समिति गौरादहले कृष्ण जन्माष्टमीको अवसरमा रथयात्रा निकालेको हो। गौरादह-१ मा रहेको राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रामा यस क्षेत्रका संघ संस्था र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। श्रीकृष्ण जन्माष्टमीका अवसरमा रथ यात्राको परिक्रमा पश्चात् मनोरन्जानात्मक खेलहरु खेलाइएको थियो।

बिगत बर्षहरुमा झैं यस बर्ष पनि नरिवल तथा मट्का फोर खेल खेलाइएको रथयात्रा मूल समारोह समिति अध्यक्ष डा। तिलक खनालले जानकारी गराएका छन।गौरादहमा बिगत ३ बर्ष देखि निकालिदै आएको रथयात्रामा यस क्षेत्रमा रहेका संघ संस्था बिद्यालयका बिद्यार्थी, शिक्षक, प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी तथा नगरवासीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको अध्यक्ष खनाले जानकारी गराएका छन।

राधाकृष्ण मन्दिरबाट अपरान्ह निकालिएको रथयात्रा मन्दिरबाट दक्षिण बैगुन्धुरा सडक, गौरादह बजार, डिपुचौक, पेट्रोल पम्प र ईलाका प्रहरी कार्यलय ,बजारको उत्तर हुदै पुन मन्दिरमा ल्याइएको जानकारी गराइएको थियो। कृष्ण जन्माष्टमीको केही दिन अगाडि झुलाझुलन कार्यक्रम अन्तर्गत राधाकृष्ण मन्दिरमा साँझमा यस क्षेत्रमा रहेका कृतन मण्डली द्वारा १९ गते सम्म भजन कृतन गरिएको थियो।कृष्ण जन्माष्टमीको दिन साँझमा नन्द उत्सव कार्यक्रम अन्तर्गत कृष्ण लिला नाटक, नृत्य, भजन कृतन, झाकी, डण्डीया नृत्य प्रदर्शन हुने रथ यात्रा मुल समारोह समिति सचिब प्रकाश भट्टराईले जानकारी गराइएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया