Online Bichar
शनिबार, फाल्गुण १२, २०८० | Saturday, February 24, 2024

एजेन्सी, २० भदौ २०८० । स्वीडेनमा कुरान जलाएपछि भड्किएको हिंसा नियन्त्रण बाहिर गएको छ । गत आइतबार इराकी नागरिक सलवान मोमिकाले कुरानको प्रति जलाएपछी देशभर हिंसा भड्किएको हो । माल्मो शहरमा भएको प्रदर्शनका क्रममा भौतिक सम्पति नष्ट गरेपछी प्रहरीले धरपकड गर्दा दर्जनौ घाइते भएका छन् ।

प्रदर्शनकै क्रममा १० जनालाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरुले प्रहरीका दर्जनौं गाडी तोडफोड गर्नुका साथै सरकारी कार्यालयहरुमा समेत आगजनी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मोमिकाले कुरान जलाएको घटनामा मध्यपूर्व लगायत इस्लामिक देशबाट चर्को प्रतिक्रिया आएपछी हिंसा भड्केको हो । सो घटनालाई लिएर मुस्लिम देशहरूले स्वीडेनलाई त्यस्ता घटना दोहोरिन नदिन चेतावनी समेत दिएका छन ।

 

तपाईको प्रतिक्रिया