Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

इलाम, १९ भदौ २०८० । इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत ९महिला कर्मचारी० बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ ।

उनीहरुबीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक–फरक समयमा फरक–फरक तीन वटा भिडियो पोस्ट भएको छ । उक्त पोस्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृतले कार्यालयमै हर्कत गरेको उल्लेख छ ।

प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अङ्गमा छुने, चुम्बन गर्नेलगायतका काम गरेको भिडियोमा देखिन्छ । रोमान्टिक मुडमा देखिएका उनीहरूले उक्त क्रियाकलाप बिहान ७ बजेर ३७ मिनेट जाँदा भएको भिडियोको टाइम कार्डमा उल्लेख छ । भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो ।

महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै कुरेर बसेका प्रशासकीय अधिकृतले आउने बित्तिकै अँगालो हाल्छन् र चुम्बन गर्छन् । यस्तै महिलाले पनि राईको गाला सुमसुम्याउने गरेको देखिएको छ । त्यसपछि महिला कर्मचारीले खाममा रहेको पैसा गन्न दिन्छिन् । अधिकृत राईले पैसा गनेर पुनः महिला कर्मचारीलाई दिएको देखिन्छ । उक्त रकम घुस भएको आशङ्का गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले आफूले पनि सामाजिक सञ्जालबाट उक्त कुरा थाहा पाएको बताए । ‘म पनि बिरामी भएर बसेको छु । केही दिन अगाडिको भिडियो भन्ने थाहा भएको छ । प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका छन्,’ उनले भने ।

 

तपाईको प्रतिक्रिया