काठमाडौं, १९ भदौ २०८० । साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार परिसूचक नेप्से ६ दशमलव ४५ अंक घटेको छ । ६ दशमलव ४५ अंकले घटेर मंगलबार नेप्से १९६१ अंकमा कायम भएर बन्द भयो ।
मंगलबार सेन्सेटिभ इण्डेक्स ० दशमलव ४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव २८ अंक घटेको छ । मंगलबार कारोबार रकम पनि खम्चिएको छ । सेयर बजारमा कुल ७९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सोमबार १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो । कुल ७१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ७ को स्थिर रह्यो । मंगलबार बैंकिङ २ दशमलव ९, विकास बैंक ४,फाइनान्स १२, होटल तथा पर्यटन ४३, जलविद्युत् १३, जीवन बीमा ६८, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५८ र अन्य उपसमूह ३ अंक घटे ।
व्यापार र उत्पादन उपसमूह भने क्रमशः १३ र १९ अंकले बढे । नेप्से घटेपनि मंगलबार एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यो दिन सबैभन्दा धेरै लिबर्टी इनर्जीको मूल्य करिब १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालय एभरेस्ट इन्स्योरेन्स संस्थापक, साल्ट ट्रेडिङ, आईएमई लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।