Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौं, १९ भदौ २०८० । भारतले पठाएको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा काम पूरा गरेको जनाइएको छ ।

प्रज्ञान नामको रोभर अहिले स्लीपिङ मोडमा गएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ ।

अहिले रोभरको ब्याट्री चार्ज भईरहेको र रिसिभर अन भएको पनि इसरोले जनाएको छ । त्यसपछि प्रज्ञान रोभर अरू कुनै कामका लागि सुचालु हुने र सधैं चन्द्रमामा भारतको राजदूतको रूपमा रहने जनाईएको छ ।

चन्द्रमाको सतहमा सय मिटरसम्म गुडेर उसले सल्फर, फलाम, अक्सिजन र अन्य तत्वहरूको उपस्थिति पुष्टि गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा आफ्नो अन्तरिक्ष यान अवतरण गर्न सफल हुने भारत पहिलो देश हो ।

 

तपाईको प्रतिक्रिया