Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, १६ भदौ २०८० । इराकको उत्तरी क्षेत्रस्थित दुजैल र समारा सहरको मध्यभागमा सवारी दुर्घटनामा १६ तीर्थयात्रीहरुको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये धेरैजसो शिया इरानी तीर्थयात्रीहरू छन् ।

विश्वकै ठूलो धार्मिक मेलामध्येको एक मानिने अर्बेनका लागि कर्बाला सहरमा जाने क्रममा तीर्थयात्रीहरू चढेको बस ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा १३ जना घाइते छन् । दुर्घटनास्थलमा अहिले उद्धारको काम भइरहेको छ । घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको छ । सरकारी अधिकारीहरूका अनुसार दुईवटा मिनीबस आपसमा ठोक्किएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रत्यक्ष्यदर्शीहरूले बसका चालक निदाइरहेको देखेको बताएका छन् । इराकी स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार इराकमा गत वर्ष सडक दुर्घटनाबाट कम्तीमा ४ हजार ९ सय जनाको मृत्यु भएको थियो । औसतमा हरेक दिन १३ जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको तथ्यांक छ ।

यस वर्ष इराकमा भित्रिएका २६ लाख तीर्थयात्रीहरूमध्ये अधिकांश इरानबाट गएका छन् ।

 

तपाईको प्रतिक्रिया