Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

जेबि खड्का
गौरादह, १६ भदौ २०८० । श्री कृष्ण जन्माष्टमीको अवसरमा गौरादहमा रथयात्रा निकालिने भएको छ। नगर स्तरीय रथयात्रा मूल समारोह समिति गौरादहले यही भाद्र २१ गते झाँकी सहित श्रीकृष्ण रथयात्रा निकाल्ने भएको हो।गौरादह-१ मा रहेको राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्राको बिषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको थियो।

श्रीकृष्ण जन्माष्टमीका अवसरमा बिगत बर्षहरुमा विभिन्न मनोरन्जनात्म कार्यक्रमका साथ कृष्ण जन्माष्टमी मनाइएकाले यस बर्षपनि निरन्तरता दिइने रथयात्रा मूल समारोह समिति अध्यक्ष डा. तिलक खनालले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।गौरादहमा बिगत ३ बर्ष देखि निकालिदै आएको रथयात्रामा यस क्षेत्रमा रहेका संघ संस्था बिद्यालय तथा नगरवासीहरुको सक्रिय सहभागीता रहेकाले यस पटक पनि सबैको सहयोग रहने पुर्ण बिस्वास रहेको अध्यक्ष खनाले जानकारी गराएका छन।

राधाकृष्ण मन्दिरबाट २१ गते ११:३० बजेबाट निकालिने रथयात्रा मन्दिरबाट दक्षिण बैगुन्धुरा सडक, गौरादह बजार हुँदै डिपुचौकबाट उत्तर लागेर पेट्रोल पम्प हुँदै बजार निस्किएर पुन मन्दिरमा लगिने जानकारी गराइएको थियो। रथयात्राका क्रममा संथाल नृत्य, लाखेनाचका साथै विभिन्न प्रकारका झाँकी समेत प्रदर्शन गरिने जानकारी गराइएको थियो। रथयात्रा सकिएपछि नरिवल तथा मट्का फोर खेल संचालन गरिनुका साथै मेला लगाइने जानकारी गराइएको थियो। झुलाझुलन कार्यक्रम अन्तर्गत राधाकृष्ण मन्दिरमा साँझमा यस क्षेत्रमा रहेका कृतन मण्डली द्वारा १९ गते सम्म भजन कृतन गरिने जनाइएको छ। नन्द उत्सव कार्यक्रम अन्तर्गत २० गते साँझमा कृष्ण लिला नाटक, नृत्य, भजन कृतन, झाकी, डण्डीया नृत्य प्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

पत्रकार सम्मेलनमा रथयात्रा मूल समारोह समिति सल्लाहकार संयोजक गोपाल प्रसाद काफ्लेले श्रीकृष्ण रथयात्राको महत्त्व र औचित्य माथि प्रकाश पारेका थिए।राधाकृष्ण मन्दिर ब्यबस्थापन समिति सचिब सुवास पाण्डेले स्वागत मन्तब्य राखेको कार्यक्रममा रथयात्रा मूल समारोह समिति सह-सचिब प्रकाश भट्टराईले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया