Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, १६ मंसिर  । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दावी गरेका छन् ।

आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेका हुन् । ‘म ठोकुवा गरेर भन्छु ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ’ उनले भने ।

विगतमा कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको उनले दावी गरे । यसअघि मन्त्री विना मगरले दशैंअघि नै पानी आउँछ भनेकोमा पनि सचिव ठाकुरले माफी मागेका छन् । ‘मन्त्रीले भनेको विषयमा माफी माग्छु’, उनले भने, ‘हामीलाई विश्वास गर्नुस् २ महिनामा प्राविधिक काम सकेर पानी हाल्छौं ।’
यो पनि पढ्नुहोस सांसदको प्रश्न स् मेलम्चीको पानी आउने दिन किटान गरियोस्

निर्माणको काम सकिएपछि पानी जम्मा हुन ३ दिन लाग्ने भन्दै उनले त्यसपछि काठमाडौंमा पानी ल्याउन सकिने बताए । ‘हामीलाई प्रेसर छ, तर हामी काम गर्छौं’, उनले भने ।

तपाईको प्रतिक्रिया