Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १४ भदौ २०८० । फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरुलाई प्रतिवन्ध लगाइने भएको छ ।

शुक्रवारबाट पेरिस शहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरु चलाउन नपाइने भएको हो । यस वर्षको अप्रिल २ मा १ लाख पेरिसवासीले गरेको मतदानमा लगभग ९० प्रतिशत मतदाताले सार्वजनिक इलेक्ट्रि स्कुटर,अपरेटर र पेरिस शहरकोबीचमा भएको सम्झौताको बिरुद्धमा मतदान गरेका थिए । इलेक्ट्रिक स्कुटर सार्वजनिक रुपमा भाडामा लिएर चलाउन पाउने अभियान सन् २०१८ मा शुरु गरिएको थियो ।

तर,कतिपय पेरिस बासिन्दाहरुले भने ट्याक्सी भन्दा सस्तो भएकाले यसले धेरै मानिसहरुलाई सहज बनाएको र सार्वजनिक विद्युतीय स्कुटरमा प्रतिवन्ध लगाइनु राम्रो नभएको बताएका छन् । तर,अर्काथरी स्थानीयहरुले भने विद्युत्तीय स्कुटरले धेरै दुर्घटना निम्त्याएकाले प्रतिवन्ध लगाउनु राम्रो भएको जिकिर गरेका छन् ।

 

तपाईको प्रतिक्रिया