Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

एजेन्सी, १४ भदौ २०८० । अमेरिकाका विभिन्न राज्यहरुमा समुद्री आँधीले वितण्डा मच्चाएको छ । इडालिया नामक समुद्री आँधीले क्यालिफोर्निया सवैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि तुफानसहित भारी वर्षा भएको छ । तीब्र गतिको तुफानका कारण अमेरिकाभरी एक हजार बढी हवाई उडान रद्द भएका छन् । आँधीका कारण साउथ वेस्ट एअरलाईन्सले २२० उडान रद्द गरेको जनाएको भने डेल्टा एअरले १६० वटा उडान रद्द गरेको जनाएको छ । आँधीका कारण राष्ट्रपति बाइडेनका कार्यक्रमहरु पनि प्रभावित भएको ह्वाइटहाउसले जनाएको छ ।

ह्वाइट हाउसले राष्ट्रपति बाइडेनका पूर्व निर्धारित कार्यक्रमहरुको समय पर सार्नु परेको भन्दै राष्ट्रपति वाइडेनले आँधी प्रभावित राज्यका गभर्नरहरुसंग टेलिफोनमा संवाद गर्नुभएको जनाएको छ । आजदेखि इडालिया आँधीको गति मत्थर हुदै जाने त्यहाँका मौसमविद्हरुले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया