एजेन्सी, १४ भदौ २०८० । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामा अक्सिजन रहेको संकेत मिलेको दाबी गरेको छ ।
भारतले पठाएको चन्द्रयान–३ को प्रज्ञान रोभरले चन्द्रमाको सतहबाट पठाएका तस्वीरहरुको अध्ययन गर्दा अक्सिजन र धेरैखाले खनिज पदार्थको उपस्थिति रहेको संकेत फेला परेको इसरोले जनाएको हो ।
गत साता चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको चन्द्रयान–३ मा रहेको प्रज्ञान रोभरले पठाएका तस्वीरबाट चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिज पदार्थ रहेको देखिएको इसरोका वैज्ञानिकहरुको दाबी छ ।
चन्द्रमाको सतहमा हाइड्रोजनको खोजी जारी रहेको पनि इसरोले जनाएको छ ।