Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

एजेन्सी, १२ भदौ २०८० । चीनले अगस्ट ३० अर्थात भोलिदेखि चीन भ्रमणमा जाने विदेशी पर्यटकहरुका लागि कोरोनाको न्युक्लिक एसिड परीक्षण र एन्टिजेन परीक्षण अनिवार्य गर्नुपर्ने व्यवस्था हटाउने भएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३० बाट चीन आउने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने जानकारी दिनुभएको हो । सन् २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना भाइरस ९कोभिड १९० संक्रमण देखा परेको थियो ।

चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए । २०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा अहिले पनि देखा पर्दै आइरहेको छ । पत्रकार सम्मेलनमा प्रवक्ता वाङ ले अगस्ट ३०,२०१९ बाट भने चीन भित्रिने पर्यटकका लागि कोभिड १९ को परीक्षण अनिवार्य नरहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया