Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १६ मङ्सिर ।  वैदेशिक रोजगार कार्यालय ताहाचलले आजदेखि अनलाइन टोकन सेवा सुरु गरेको छ ।

श्रम स्वीकृति लिन आउने श्रमिक कामदारलाई सहज सेवा दिन भन्दै कार्यालयले टोकन प्रणाली शुरु गरेको हो । टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणिकरण गरिनेछ । वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९एफइआइएमएस० बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधारमा तोकिएको मिति र समयमा मात्र काम हुने विभागले जनाएको छ ।

एकीकृत वैदेशिक रोजगार सूचना प्रणाली अन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया