Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

बिर्तामोड, १६ मंसिर  । झापाको बिर्तामोड १० स्थित एक घरमा आगो लागेका कारण २ लाख बराबरको क्षती भएको छ। स्थानीय पूर्णबहादुर बिकको घरमा राती करिव ९ बजे आगो लाग्दा घर सहित चौपायाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

टुकी बत्तीबाट आगो सल्किएको र सो आगोले घरमा पूर्ण क्षती गरि घर जेउमै पालीएका चौपायाको पनि मृत्यू भएको प्रहरीले जनाएको छ । बिकको घर, बंगुर र गोरु एकरएक वटा र ६ वटा कुखुरामा क्षती भएको प्रहरीको भनाई छ ।

घरमा आगोलागेपछि स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा रातको ९स्५० मा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरबाट बिस्थापीत बनेको बिक परिवार अहिले छिमेकीकहाँ शरण लिएर बसेको प्रहरीले जनाएको छ ।

ब्लास्टखबर बाट

तपाईको प्रतिक्रिया