Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

रुस, ७ भदौ २०८० । रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका प्रमुख एभगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ । बुधबार वाग्नर समूहको निजी सैन्य कम्पनीका नेता एभगेनी प्रिगोजिनको मो नजिकैको तेवेर क्षेत्रमा भएको विमान दुर्घटनामा निधन भएको हो ।

प्रिगोजिनसहित १० जनाको पनि दुर्घटनामा निधन भएको छ । विमान दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको बताइएको छ ।

रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा एभगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ । सिन्ह्वा

 

तपाईको प्रतिक्रिया