Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

तनहुँ, १६ मंसिर  । जिल्लाको घिरिङ गाउँपालिका–३ सिलिङमा शनिबार राति ११ बजे ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक भीमाद नगरपालिका–१ बस्ने २६ वर्षीय इन्द्रबहादुर नेपाली र घिरिङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय शुकबहादुर विक रहेका छन् ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सिलिङ भन्ने ठाउँबाट घिरिङ बजारमा पराल लिएर आउँदै गरेको ना६त ६८६० नंको ट्याक्टर सडकबाट १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रासस

तपाईको प्रतिक्रिया