Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

काठमाडौं, २९ साउन २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको एक क्विन्टल सुन निकालेर जोख्दा तौल ६० किलो ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिनुभएको छ ।

सोमबार राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागको टक्सार महाशाखामा ब्रेक शुबाट निकालेको सुनको तौल ६० किलो ७८९ ग्राम भएको हो ।

टक्सार महाशाखाका प्रमुख आचार्यकाले मंगलबार बिहान साढे १० बजेदेखि सुन गाल्ने काम सुरु गर्ने बताउनुभयो । त्यसपछि आर्थिक परीक्षणको काम थालिने उहाँले बताउनुभयो ।

त्यस्तै, महाशाखा प्रमुख आचार्यले एक दिन सुन गाल्न लाग्ने र त्यसपछि आर्थिक परीक्षणको काम कम्तीमा तीन दिन लाग्ने बताउनुभयो । उहाँले सबै सरोकारवाला प्रतिनिधिहरूको रोहवरमा गाल्ने प्रक्रिया सुरु भएको बताउनुभयो ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक क्विन्टल ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसपछि उक्त सुनसहितको ‘ब्रेक शु’ टक्सार महाशाखामा राखिएको थियो ।

१९ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल को निर्देशनमा सुन प्रकरणको अनुसन्धानको काम राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लाई दिइएको थियो । सिआइबीको पत्रपछि सोमबारदेखि सुन गाल्नेलगायतका प्रक्रिया थालिएको हो ।

 

तपाईको प्रतिक्रिया