Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, २९ साउन २०८० । भारत, हिमाञ्चल प्रदेशको एउटा शिव मन्दिरमा पूजा गर्न गएका करीब ५० जना भक्तजन पहिरोमा पुरिएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलस्थित शिव मन्दिरमा साउने सोमबारको पूजाका लागि भक्तजनहरु गएको बेला मन्दिरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको हो ।

पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धारको कार्य जारी रहेकाले के कति हताहति भयो भन्ने स्पष्ट भईसकेको छैन । भारी वर्षाका कारण हिमाञ्चल प्रदेशमा पहिरोले सडकहरु बगाएको छ भने सयौं सवारी साधनहरु बाटोमा अलपत्र परेका छन् ।

हिमाञ्चलकै सोनलमा भएको भीषण वर्षाबाट ७ जनाको मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया