Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

एजेन्सी, २८ साउन २०८० । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।

आगो बस्तीसम्म फैलिँदा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ भने कयौँ घाइते भएका छन् ।

विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन् । अस्पतालहरू भत्किएका छन् र सयौँ बिस्थापित भएका छन् ।

अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा पाँच अर्ब ५० करोडभन्दा धेरैको धनमाल नष्ट भएको बताएका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगोमा जलेर ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी शव परिवारलाई बुझाउन चुनौति बनेको छ ।

 

तपाईको प्रतिक्रिया