Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १६ मंसिर  । अमेरिका र चीन ९० दिनका लागि नयाँ ब्यापार शुल्क निलम्बन गर्न सहमत भएका छन्, ता कि यो बीचमा दुई देशबीच सम्वाद होस् ।

दुई देशबीच ‘व्यापार युद्ध’ सुरु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङ पहिलो पटक अर्जेन्टिनाको राजधानीमा भेटेका थिए ।

जी-२० सम्मेलनपछि भएको भेटमा नयाँ ब्यापार शुल्क लागू नगर्ने सहमति भएको अमेरिकाले जनाएको छ ।

चीनले भने जनवरी एकबाट कुनै पनि नयाँ ब्यापार शुल्क नथप्ने सहमति भएको बताएको छ ।

तपाईको प्रतिक्रिया