Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

एजेन्सी, २७ साउन २०८० । सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेना बोकेको बसमा आक्रमण गर्दा २० जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुनसार घटनामा अन्य थुप्रै घाइते भएका छन् । आक्रमण इस्लामिक स्टेट (आइएस) समूहका सदस्यहरूले गराएको बताइएको छ ।

सिरियाका केही भागहरूमा आइएस स्लीपर सेलहरू २०१९ मा नै पराजित भएपनि अझै घातक आक्रमणहरू गरिरहेका छन् । बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले इराकसँग सीमा जोडिएको देर अल जोर प्रान्तको पूर्वी शहर मायादिन नजिकैको मरुभूमि सडकमा आक्रमण भएको जनाएको छ ।

तर, आक्रमण बारे सिरियाली सेना वा सरकारबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन् ।

 

तपाईको प्रतिक्रिया