Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, १६ मंसिर  । धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई थाक्रे गाउँपालिका–६ दशकिलामा ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

बा ३ ख ८३९५ नम्बरको बसले बा ३६ प ८३५७ मोटरसाइकललाई आइतबार बिहान ८ बजे ठक्कर दिँदा मोटरसाइकल चालक गजुरी गाउँपालिका–५ का नारायणकाजी भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमै सवार अर्का १ व्यक्ति भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ । उनको अहिले धार्के अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले केहीबेर राजमार्गमा प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनका कारण केहीबेर राजमार्गको सवारी आवागमनसमेत प्रभावित भएको थियो ।

तर, अहिले अवरोध हटाएर सवारी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया