Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २६ साउन २०८० । इजिप्टको वार्षिक मुद्रास्फीति दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सकाअनुसार जुलाईमा ३८.२ प्रतिशतले बढेर अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको हो ।

गत वर्षको जुलाइ महिनामा इजिप्टको मुद्रास्फीति दर १४।६ प्रतिशत रहेको थियो । वर्षैपिच्छे मुद्रास्फीति दर बढ्दै जानुमा मुख्यतया अन्न, होटल, मदिरा र चुरोट र स्वास्थ्य सेवाको मूल्यवृद्धि रहेको पाइएको छ । खाद्यान्न र पेय पदार्थको मूल्य जुलाई २०२२ को तुलनामा ६८.२ प्रतिशतले बढेको छ ।

अघिल्लो महिना (जुन) मा इजिप्टको वार्षिक मुद्रास्फीति दर वृद्धिको रेकर्ड ३६.८ प्रतिशत कायम रहेको थियो । मार्च २०२२ देखि डलरको तुलनामा स्थानीय मुद्राको मूल्य आधाले घटेपछि पनि इजिप्टमा मूल्य वृद्धि भएको हो । मुद्राको अवमूल्यनका कारण विदेशी मुद्राको अभाव र आयातमा कमी भएको छ ।

 

तपाईको प्रतिक्रिया