Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

एजेन्सी, २५ साउन २०८० । अमेरिकाको हवाईमा डढेलो लाग्दा ३६ जनाको मृत्यु भएको छ । हवाईको मउइ शहरसम्म डढेलो फैलिएपछि बस्तीका ३६ जनाको मृत्यु भएको हो । डढेलोले सयौं घर जलेर नष्ट भएका छन् । तापमानसँगै चलेको तीब्र हावाका कारण लागेको डढेलो नियन्त्रण बाहिर गएपछि नियन्त्रणका लागि हजारौं अग्नीनियन्त्रक र हेलिकप्टर परिचालन गरिएको छ ।

डढेलोले हजारौं हेक्टर जंगल जलेर नष्ट भएको छ । हाल हवाईमा आपतकाल लागू गरिएको छ । हजारौं बिस्थापित नागरिकलाई आश्रय दिएर राखिएको छ ।

 

तपाईको प्रतिक्रिया