Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

टीकापुर, १४ मङ्सिर  ।  टीकापुर नगरपालिका १ ब्लक नं १६ स्थित देवु राइस मिल नजिकै एक युवतीको शव भेटिएको छ। शव सोही ठाउँकी १६ वर्षीय पूजा थापाको भएको प्रहरीले जानकारी दिएको छ।

उनको शव देवु राइस मिल नजिकै निर्माण भैरहेको एक घरको चौरमा घोप्टो परेको अवस्थामा स्थानीयले देखेका थिए। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। निर्माणाधिन घरको कोठामा उनको ज्याकेट र जुत्ता फेला परेको प्रहरीले बताएको छ।

सोही घरभित्र दुई ठाउँमा वान्ता गरेको, एक ठाउँमा दिसा गरेको पाइएको इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी शिवबहादुर सिँहले जानकारी दिए। उनले ज्याकेटको खल्तीमा कालो पोलेथिनमा बेरेर राखेको अवस्थामा एकथान सल्फास जस्तै विषादी भेटिएको बताए।

प्रहरीले घटनास्थलमै स्थानीयको रोहबरमा शवको जाँच गरेको थियो। जाँचका क्रममा शरीरको कुनैपनि ठाउँमा चोटपटक नभेटिएको प्रहरीको भनाई छ। डिएसपी सिँहले पोष्टमार्टम पछि मात्रै घटनाका बारेमा केही तथ्य पत्ता लाग्ने बताए। उनी स्थानीय जनजागृती मावि सीतापुरमा कक्षा १२ मा अध्ययनरत थिइन।

उनी हिजो बिहान करिव ८ बजे ब्लक नं १२ मा रहेको कान्छी बज्यैको घर जान्छु भनेर हिँडेकी बताइएको छ। उनी कान्छी बज्यैको घरबाट साँझ ५ बजे खाना खाएर घर फर्किएकी थिइन। उनका बुबाआमा रोजगारीका क्रममा भारतमा छन। उनी सानै उमेरदेखी मामा घरमा बस्दै आएकी थिइन्।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments