Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौँ, १४ मस्निर ।   स्थान स् बल्खु चोक, समय  मंसिर ११ गते ११ बजे ।
तीन युवक खासखुस गर्दै घरि यता घरि उता गरिरहेका थिए । नजिकै रहेको चौकीका प्रहरीले तिनीहरुको गतिविधि शंकास्पद ठाने र चेकजाँच गर्न थाले । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

सञ्जय तिरुवा, गोपाल विक र शिव कुमालले सुरुमा त गाडी पर्खेको भनेर झुक्याउन खोजे । ड्युटीमा रहेका प्रहरीले चेकजाँच गर्दा उनीहरुको झोलाबाट ३७ लाख रुपैयाँ र एक केजी सुन बरामद भयो ।

त्यसपछि प्रहरीले उनीहरुलाई थप अनुसन्धानका लागि ललितपुर परिसरको जिम्मा लगायो । भोलिपल्ट तीनै जनाको बयानपछि उक्त सुन नक्कली भएको र त्यसैलाई बेच्ने भन्दै लुटिएको रकम बाँडफाँट गर्ने काममा २ प्रहरी हवल्दारसमेत संलग्न भएको रहस्य खुल्यो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया