Online Bichar
मंगलबार, बैशाख ०९, २०८२ | Tuesday, April 22, 2025

काठमाडौं, २२ साउन २०८० । पाकिस्तानमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । सोही दुर्घटनामा १०० जना घाइते भएका छन् ।

पाकिस्तानका रेलवे मन्त्रीले रेल दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्या ३० जना पुगेको पुष्टि गरेका हुन । सो रेलमा एक हजार जना यात्रु सवार रहेको बताइएको छ ।

बिबिसीका अनुसार सो दुर्घटनामा सिन्ध नजिकैको संघार जिल्लास्थित सरहरी कस्बेमा भएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकि रहेको अन्तराष्ट्रिय समाचार माध्यामहरुले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया