Online Bichar
आइतबार, आश्विन १४, २०८० | Sunday, October 1, 2023

काठमाडौं, २१ साउन २०८० । दक्षिण अफ्रिकालाई २–० गोलले हराउँदै नेदरल्याणन्ड्स अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

नेदरल्याणन्ड्सलाई क्वार्टरफाइनलमा पुर्‍याउन जिल रुडले नवौं तथा लिनेश बीरेन्स्टेनले ६८ औं मिनेटमा गोल गरे ।

समूह चरणको अन्तिम खेलमा इटालीलाई पराजित गरेको भएपनि दक्षिण अफ्रिकाले नेदरल्याणन्ड्सविरुद्ध त्यो प्रदर्शन दोहोर्‍याउन सकेन ।

नेदरल्याणन्ड्सले अव क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ । स्वीट्जरल्याण्डलाई ५–१ ले पराजित गर्दै स्पेनले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

 

तपाईको प्रतिक्रिया