Online Bichar
मंगलबार, आश्विन ०९, २०८० | Tuesday, September 26, 2023

एजेन्सी, १८ साउन २०८० । चीनले १८ वर्ष भन्दा कम उमेरका किशोरकिशोरी तथा बालबालिकाहरुका लागि स्मार्ट फोनलगायतका उपकरणको प्रयोगमा सीमा तोक्ने भएको छ ।

इन्टरनेटको बढ्दो प्रयोगको लतका कारण बालबालिकाहरुको रचनात्मक क्षमतामा ह्रास आएको भन्दै चीनको साइबर स्पेश प्रशासनले यस्तो तयारी गरेको हो ।

उसले स्मार्ट फोन उत्पादकहरुलाई माइनर मोडसहितका उपकरण बनाउन निर्देशन दिएको छ । साइबर स्पेश प्रशासनले १६ देखि १८ वर्ष उमेर समूहका किशोर किशोरीहरुलाई दिनमा २ घण्टा मात्रै स्मार्टफोनमा पहुँच दिने प्रस्ताव गरेको छ ।

यस्तै, ८ वर्षदेखि १६ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रति दिन बढीमा एक घण्टा स्मार्टफोन चलाउन दिइने छ । ८ वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई भने दिनमा ८ मिनेट मात्रै स्मार्टफोन चलाउने सुविधा प्राप्त हुने छ ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरु आफैंले पनि बालबालिकाको पहुँच घटाउने गरी प्रविधि विकास गर्न सक्ने पनि प्रस्ताव गरिएको छ ।

 

तपाईको प्रतिक्रिया