Online Bichar
शनिबार, आषाढ ०९, २०८१ | Saturday, June 22, 2024

काठमाडौं, १८ साउन २०८० । दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएका छन् ।

साउन २३ बाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक किंग्स क्लबले बताएको छ ।
नेपाल भलिबल संघको स्विकृतीमा हुने यस प्रतियोगितामा संघले प्राविधिक सहयोग प्रदान गर्ने क्लबले बताएको छ ।

क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार साउन २२ गते सोमबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिने छ।

टोली दर्ताको अन्तिम समय २० गतेसम्म रहे पनि हालसम्म ८ टोलीले आफ्नो नाम दर्ता गराईसकेको महासचिव काप्रीले जानकारी दिए ।

क्लबका अनुसार प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ । काप्रीका अनुसार पुरस्कार तर्फ मात्र ४ लाख रकम खर्च हुनेछ ।

किंग्स क्लब काठमाडौंको आयोजनामा हुने प्रतियोगिता साउन २३ बाट २७ गतेसम्म आयोजना हुनेछ ।

प्रतियोगितामा विभागीय सहितका अन्य टोलीको सहभागीता रहने आयोजकले बताएको छ ।

यस प्रतियोगितामा पछिल्लो पटक किर्गिस्तानमा सम्पन्न प्रतियोगितामा सहभागी खेलाडीले भने भाग लिन पाउँने छैनन् ।

किर्गिस्तानमा भएको काभा नेसन्स लिगमा सहभागी राष्ट्रिय पुरुष टोलीका १२ सदस्यहरुले भने प्रतियोगितामा सहभागीता जनाउन पाउँने छैनन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख २ हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले १ लाख १ हजार नगद प्राप्त गर्ने छ । तेस्रो हुनेले नगद रु ५० हजार ५ सय र सान्त्वनाले रु २२ हजार २ सय प्राप्त गर्ने छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ८ हजार नगद पुरस्कार पाउँने छ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही ३ हजार नगद पुरस्कार पाउँने छ ।

प्रतियोगिताका सबै खेल नयाँ बसपार्कमा रहेको ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।

 

तपाईको प्रतिक्रिया