Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १८ साउन २०८० । लिग कप फुटबलमा लियोनल मेस्सी प्रेरित इन्टर मियामीले लगातार तेस्रो खेलमा जित निकालेको छ ।

बिहीबार भएको खेलमा मेस्सीको दुई गोलको सहयोगमा मियामीले ओर्लान्डो सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।

मियामीलाई तेस्रो जित दिलाउन क्रममा मेस्सीले सातौं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । ओर्लान्डोका सिजर अरुजोले १७ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

५१ औं मिनेटमा जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै पुन मियामीलाई अग्रता दिलाए । खेलको ७२ औं मिनेटमा मेस्सीले लगातार दोस्रो गोल गर्दै मियामीलाई ३–१ को शानदार जित दिलाए ।

जित सहित मियामी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । मियामीले अब क्वार्टरफाइनल प्रवेशका लागि एफसी डालससँग खेल्नेछ । मेस्सीका पूर्व सहकर्मी जोर्डी अल्बाले मियामीका लागि बिहीबार डेब्यु गरेका थिए ।

अमेरिकी क्लबमा आबद्ध भएपनि मेस्सीको जादु रोकिएको छैन । उनी लगातार खेलमा गोल गरिरहेका छन् । कुनै समय जित्न बिर्सिएको मियामीलाई उनले लगातार तीन खेलमा जित दिलाउँदै अघि बढाएका छन् ।

मियामीका लागि खेलिएका तीनवटै खेलमा मेस्सीले गोल गरेका छन् ।

तपाईको प्रतिक्रिया