Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौँ, १६ साउन २०८० । नेपाल क्रिकेट संघ ९क्यान० ले महिला टी(ट्वान्टी विश्वकपको एशिया छनोटको क्याम्पका लागि २४ खेलाडी छनोट गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार महिला टिमकी कप्तान रुबिना क्षेत्रीसहित २४ खेलाडी छानेर क्याम्पका लागि बोलाएको हो ।

विश्वकपको एशिया छनोट आगामी अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ ।

एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया