Online Bichar
मंगलबार, आश्विन ०९, २०८० | Tuesday, September 26, 2023

झापा, १५ साउन २०८० । झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका–९ निवासी २३ वर्षीय प्रवास राजवंशी रहेको प्रहरीले जनाएको छ ।

राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया