Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १५ साउन २०८० । नेपाल बक्सिङ महासंघले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गर्ने निर्णय गरेको छ । महासंघको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडी नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको हो ।

बैठकले चीनमा हुने एसियन गेम्समा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १० लाख, रजत जित्नेलाई ५ लाख र काँस्य पदक जित्ने खेलाडीलाई २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको हो ।

महासंघको कोष बृद्धि गर्न पदाधिकारीबाट १५ हजार र सदस्यबाट १० हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको संस्थाले मासिक रुपमा पदाधिकारीबाट ५ हजार र सदस्यबाट ३ हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सातै प्रदेश र विभिन्न जिल्लाबाट संकलन गरि भाद्र महिनाभित्र संघको वार्षिक क्यालेन्डर समेत प्रकाशन गर्ने निर्णय गरेको छ ।

महासंघले महासचिवको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको छ ।

 

तपाईको प्रतिक्रिया