Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

ब्रिसवेन, १३ साउन २०८० । कप्तान वेन्डी रेनार्डले हेडबाट खेलको अन्त्यतिर गरेको गोलको मद्दतले फ्रान्सले वुमेन्स वर्ल्डकप २०२३ मा ब्राजिलमाथि शनिबार २–१ को महत्त्वपूर्ण जित निकालेको छ । समूह ‘एफ’ को यो जितपछि फ्रान्सको दुई खेलबाट ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लेको छ ।

फ्रान्सले १७ औं मिनेटमा एगुनीले सोमरको गोलले अग्रता लिएको थियो । डेबिन्हाले ब्राजिलका लागि एक गोल फर्काइन् । हारले ब्राजिल ३ अंकमै सीमित रह्यो ।

 

फ्रान्सले आफ्नो पहिलो खेलमा जमैकासँग गोलरहित बराबरी खेलेको थियो । ब्राजिलले भने पानामालाई ४–० ले हराएको थियो ।

शनिबारकै अर्को खेलमा पानामा र जमैका भिड्दै छन् ।

 

तपाईको प्रतिक्रिया