Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

सप्तरी, १३  मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिकाबाट एकजना महिलालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

सुरुङ्गा नगरपालिका(३ भुसी महुलियास्थित फुटबल ग्राउण्डको पूर्वपट्टी खाली खेतमा बनाएको परालको झुप्रोबाट ती महिलालाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

पक्राउ पर्ने सिरहाको लहान नगरपालिका(५ बस्ने ३० वर्षीया गीता सदा हुन् । उनको साथबाट मेड ईन यूएसए लेखिएको एक थान पेस्तोल र त्यसको म्यागजिन, जंगी राउन्ड एक थान, त्यसको खोका ३ थान, खुकुरी एक थान, हयाक्सो ब्लेड एक थान, सानो हथौडा २ थान, टर्च लाईट एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीको आधारमा पक्राउ गरिएका गीताबिरुद्व जिल्ला अदालतबाट हातहतियार खरखजाना कसुरमा म्याद थप गरी अनुसन्धान कार्य शुरु गरिएको सप्तरी प्रहरीका प्रबक्रा एवं डीएसपी भावेश रिमालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया