Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

एजेन्सी, १० साउन २०८० । इटालीमा तेज गतिमा आएको आँधी र भीषण वर्षाका कारण ४ जनाको मृत्यु भएको छ भने जनजीवन प्रभावित भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आँधीले ठूल्ठूला रुख ढाल्दा सडकमा हिंडिरहेकाहरुको च्यापिएर मृत्यु भएको हो । इटालीको उत्तरी भागका अधिकांश घरहरुमा आँधीले क्षति पुर्‍याउनुका साथै सयौं सवारीसाधनमा पनि क्षति पुगेको छ ।

पर्लेमा शहर नजिकै रहेको जंगलमा भीषण डढेलो लागिरहेको बेला आएको आँधीले डढेलो विस्तार गर्दा डढेलोबाट पनि घरहरुमा क्षति पुगेको छ । आँधीपछि असिनासहितको भारी बर्षा हुँदा मानिसहरु घरभित्रै थुनिएका छन् ।

आँधीको प्रभाव यातायात र हवाई सेवामा समेत परेको समाचारमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया