Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

झापा, ९ साउन २०८० । इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ ।
सुवास कार्कीको शब्द रचनामा गीत तयार गरिएको हो ।

विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई ३एस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको हो ।
गीतलाई गायिका प्रसाईंको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ । सुरुमा अडियो निकाल्ने र केही समयपछि यसको भिडियो निकाल्ने सोच रहेको गायिका प्रसाईंले बताइन् ।

गीतमा धोका पाएपछिको वेदना पोखिएको र अहिलेका युवा पुस्तालाई लक्षित गरिएको बताइएको छ ।
प्रेम र विछोडलाई भावनात्मक रुपमा चित्रण गरेर गीतमा प्रस्तुत गरिएको छ। गीतमा मिलन र बिछोडमा हुने मानवीय कृयाकलापलाई उजागर गरिएको छ । माया प्रेममा परेका प्रेमिल जोडीहरु विछोडिँदा अप्रिय घटनाहरु भैरहेका भावनाहरु गीतमा पोखिएको छ ।
स्यान्डिकुमार पन्डितको छायाँकन, एसडी हाउसको सम्पादन तथा सुवास शाहको गीतमा निर्देशन छ । गीतमा गायिका प्रसाईंसहित उनको प्रेमीका रुपमा कलाकार समीप निरौलाले अभिनय गरेका छ्न् ।

 

तपाईको प्रतिक्रिया