Online Bichar
बुधबार, आश्विन १०, २०८० | Wednesday, September 27, 2023

झापा, ९ साउन २०८० । वैदेशिक रोजगारीका लागि मलेसिया गएका झापा भद्रपुरका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-८ स्थित एयरपोर्ट उत्तर निवासी ४३ वर्षीय किम सिग्देल रहेको जनाइएको छ । उनको असार ३० गते मलेसियाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारजनले जानकारी दिए ।

सन् २०११ देखि मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डमा उनी कार्यरत थिए । डियुटीकै समयमा अचानक बिरामी परेपछि उनलाई अस्पताल लगिएको र त्यहाँ नै उनको मृत्यु भएको बताइएको छ ।

उनको शव सोमबार राती साढे १० बजे त्रिभुवन विमानस्थल काठमाडौँ आइपुगेको र परिवारजनले राती नै शव बुझेर आज मङ्गलवार दिउँसो घर ल्याई पुर्‍याएका थिए । उनको आजै भद्रपुर ९ स्थित स्वर्गद्वारी अन्तेष्ठी घाटमा अन्त्येष्टि गरिएको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया