Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौं, १३ मङ्सिर  । शुक्रबारबाट सुरु हुने एसिया प्यासिफिक शिखर सम्मेलन २०१८ मा भाग लिन पाहुना आउने क्रम सुरु भएको छ।

बिहीबार कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट कन्सुलरसमेत रहेकी विदेशमन्त्री आङ साङ सुकी काठमाडौं आइपुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा उनीहरू नेपाल आएका हुन्। सम्मेलनलाई मध्यनजर गरेर सुरक्षा निकायले उपत्यकाको सुरक्षासमेत कडा परेका छन्।

विभिन्न देशबाट सम्मेलनमा आउने भिभिआइपी पाहुनालाई मध्यनजर गरेर गृह मन्त्रालयले चारै सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गरेको हो।

भिभिआइपी तथा भिआइपी निर्देशिका २०७० अनुसार देशका चारवटै सुरक्षालाई एकीकृत रूपमा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ।

कार्यक्रममा भाग लिन आउने पाहुनाका लागि तीन स्थानलाई मध्यनजर गरेर सुरक्षा प्रदान गरिएको प्रहरी स्रोतको भनाइ छ।

यसअन्तर्गत भिआइपीहरूको बासस्थान, उनीहरूले प्रयोग गर्ने सडक मार्ग र कार्यक्रम स्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको हो।

एकीकृत सुरक्षा योजनाअन्तर्गत सेनाको नेतृत्वमा अन्य सुरक्षा निकाय परिचालन गरिएको छ, जसमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग रेहका छन्। चारवटै निकायका गरी ७० हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा निकायहरूले जानकारी दिएका छन्।

भिभीआइपीको सुरक्षाका लागि पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी रहनेछ। त्यस्तै, देस्रो र चौथो घेरामा सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहने जनाइएको छ। पाहुनाको बासस्थानका लागि सरकारले कालीमाटीस्थित होटल सोल्टी, चुच्चेपाटीस्थित होटल ह्यात, बत्तीसपुतलीमा रहेको होटल द्वारिकाजमा व्यवस्था मिलाइएको छ।

त्यस्तै, होटल याक एण्ड यतिमा समेत राखिने गृह मन्त्रालयले जनाएको छ।

सरकारले सुरक्षा र ट्राफिक व्यवस्थालाई मध्यनजर गरेर बिहीबारबाट सवारी साधनमा समेत जोर बिजोर प्रणाली लागू गरेको छ, जसअन्तर्गत १३ गते बिजोर, १४ मा जोर, १५ मा बिजोर र १६ मा जोर चलाउन पाउने व्यवस्था मिलाएको ट्राफिक महाशाखाले जनाएको छ।

थाहाखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments