Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

काठमाडौँ, ७ साउन २०८० । महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । नेदरल्यान्डले पोर्चुगमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो । जितसँगै नेदरल्यान्ड्स समूह ‘ई’ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको पहिलो स्थानमा अमेरिका छ ।

पोर्चुगलविरुद्दका खेलको प्रारम्भमै नेदरल्यान्ड्सले निणरयक गोल गरेको थियो । खेल सुरु भएको १३औं मिनेटमा स्टेफानी भान ग्राटले नेदरल्यान्ड्सका लागि गोल गरेकी थिइन् । स्टेफानीको सोही गोल नै नेदरल्यान्ड्सलाई महत्वपूणर् तीन अंक दिलाउन पर्याप्त भयो । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया