Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ७ साउन २०८० । ग्लोबल टी-ट्वान्टी क्यानडा लिगमा नेपालका स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुआर्स र ब्रैम्प्टन वुल्भ्ससँग खेल्दैछ । जगुआर्स र ब्रैम्प्टनबीचको खेल सोमबार बिहान नेपाली समय अनुसार सवा १ मा ब्रैम्प्टनमा हुनेछ ।

दोस्रो खेल खेल्दै गरेको जगुआर्स पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरी आबद्ध मोन्ट्रियल टाईगर्ससँग पराजित भएको थियो ।

अपराजित ब्रैम्प्टन तेस्रो खेलमा जितको यात्रा जारी राख्न चाहन्छ ।

सन्दीप आबद्ध जगुआर्समा लिन्टन दास, एलेक्स हेल्स, मोहम्मद हरिस, ईफ्तिखार अहमद लगायतका खेलाडी रहेका छन् ।

प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको फाइनल खेल अगस्ट ६ मा हुनेछ ।

 

तपाईको प्रतिक्रिया