Online Bichar
मंगलबार, बैशाख २५, २०८१ | Tuesday, May 7, 2024

शान्ति सुब्बा
गौरादह, २६ असार २०८० । झापाको गौरादहमा आफ्नै शरिरमा आगो लगाएर १ जनाले आत्महत्या गरेका छन् । गौरादह नगरपालिका वडा नं. १ बजार घर भएका सत्य नारायण शाहको अन्दाजी ३५/३६ वर्षिय छोरा रोशन शाहले आफैंले आफ्नो शरिरमा आगो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।

आज बिहान ४ बजेको समयमा उक्त घट्ना भएको हो । बन्द कोठामा सुतिरहेको अवस्थामा आगो लागेको उनका आफन्तले बताएका छन् । विगत २/३ वर्षदेखि शाह डिप्रेशनमा रहेको जनाइएको छ । मृतक शाह गौरादह नगरपालिका का पूर्व नगरप्रमुख का नातेदार समेत हुन् ।

तपाईको प्रतिक्रिया