Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौँ, २१ असार २०८० । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार दिउँसो सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीए  ल्याउने विद्यार्थीको संख्या करिब साढे २२ हजार रहेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो कुल परीक्षार्थीको ४.६३ प्रतिशत हो ।

यसैगरी कार्यालयका अनुसार ३.२० देखि ३.६० जीपीए ल्याउनेको विद्यार्थी संख्या ५५ हजार ६९ रहेको छ । जुन ११.३६ प्रतिशत हो ।

कार्यालयले एसईई परीक्षाको नतिजा बिहीबार दिउँसो सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया