Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

काठमाडौं, २० असार २०८० । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्न आज बस्ने भनिएको बोर्ड बैठक नबस्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० तर्फका नियन्त्रक विष्णुनारायण श्रेष्ठले भन्नुभयो, “आज बुधबार एसईईको नतिजा प्रकाशनको सन्दर्भमा बोर्ड बैठक बस्ने भनिएको थियो तर विशेष कारणले बस्न सकेनौँ, सम्भवतः बिहीबार (भोलि) बस्नेछौँ ।”

परीक्षा नियन्त्रण श्रेष्ठले बुधबार बिहान नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिनुभएको थियो ।

एसइईको नतिजा कसरी हेर्न सकिन्छ भनेर परीक्षा नियन्त्रण कार्यालयले सूचनासमेत प्रकाशन गरेको छ ।

 

तपाईको प्रतिक्रिया