Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

चितवन, १३ मंसिर  । चितवन राष्ट्रिय निकुञ्जको हात्तीले दुई जना महिलाको ज्यान लिएपछि स्थानीयबासीले ठोरी–माडी सडकखण्ड बिहीबार बिहानबाट बन्द गराएका छन् ।

आन्दोलनमा माडी नगरपालिका–९ का अध्यक्ष शिवहरि सुवेदी नै उत्रिएका छन् ।

उनले निकुञ्जका जंगली जनावरको आक्रमणबाट पटक–पटक मानवीय क्षति हुने गरेको भन्दै यस्ता घटना नदोहोरिने ग्यारेन्टी नभएसम्म आन्दोलन जारी राख्ने बताए । उनले यस विषयमा सरकार, निकुञ्ज प्रशासनलगायतको ठोस योजना र प्रतिबद्धता माग गरेका छन् ।

स्थानीयबासीले सडकमा उत्रिएर सार्वजनिक गाडीहरु चल्न दिएका छैनन् । तर, एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी साधनलाई भने अवरोध पुर्‍याइएको छैन ।

मंगलबार निकुञ्ज नजिकैको खेतमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट ६२ वर्षीया कृष्णकली पौडेल जैसी र अन्दाजी ३०–३२ वर्षीया सुशीला भण्डारीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया